नयाँ बसपार्कमा दुईको मृत्यु हुनुको कारण यस्तो छ

भदौ ५, काठमाडौँ । राजधानीको नयाँ बसपार्कस्थित मारङ, पर्वत धौलागिरी पोखरा गस्ट हाउसको कोठा नम्बर १११ मा एक युवक र युवती मृत फेला परेका छन् ।   

मंगलबार राति ११ बजे आएका उनीहरुले बिहान अबेरसम्म ढोका नखोलेपछि गेस्टहाउसले प्रहरीबोलाएको थियो । ढोका फोडेर हेर्दा युवक भुइँमा र युवती खाटमा मृत अवस्थामा फेला परेका हुन् ।   

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुवैले कट्टुबाहेक निःवस्त्र भेटिएका थिए । मृतकमध्ये ३७ वर्षका यमबहादुर मगरको घर चितवनको चैनपुर रहेको उनको साथबाट फेला परेको नागरिकता र मोटरसाइकलको ब्लु बुकबाट खुलेको छ ।   

null

युवती भने सुनीता भन्ने ३० वर्षकी सविना बजगाई रहेको खुलेको छ । काभ्रेको पनौती माइती भएकी युवतीको घर मकवानपुरको सालढुंगा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनिताका श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् ।   

प्रहरीले यमबादुरको साथमा फेला पारेको कागजका आधारमा उनी चितवन जिल्ला अदालतमा अंश मुद्दा र सम्बन्धविच्छेदको मुद्दाको तारिख खेपिरहेको देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *