किन रोकियो ‘भद्रगोल’ ? मधुसुदन (सीते बा) ले खुलाए भित्रि रहस्य

भदौ १३, काठमाडौं । नेपाली चर्चित टेलिश्रृंखला ‘भद्रगोल’ को टिमले प्रशासरण रोकिनुको कारण खुलाएको छ ।   

उक्त टेलिश्रृंखलाका हाँस्य कलाकार मधुसुदन पाठक (सीते बा) ले भद्रगोलको प्रशारण रोकिनुको कारण खुलाएका हुन् । उनका अनुसार भद्रगोल उत्पादन गर्ने कम्पनी र प्रशारण गराउने एजेन्सी मिडिया हबबीचको सम्झौता २०७६ असार मसान्तबाट सकिएका कारण श्रृंखला रोकिएको हो ।   

उनले फेसबुकमा लेखेका छन्, ‘विगत लामो समयदेखि विभिन्न समस्याहरु तथा अवरोधका बिच पनि आफ्नो कर्मप्रती पूर्ण इमान्दार भएर ‘भद्रगोल’ टेलिश्रृंखलामा काम गरिरहेका थियौँ । भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकिय लगतै भद्रगोललाई निरन्तर सञ्चालन ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्यौँ ।’ 

भद्रगोलको लागि तस्बिर परिणाम

छलफल निष्कर्षमा पुग्न नसक्दा यस्तो समस्या आएको उनको भनाइ छ । भद्रगोल टेलिसिरियलबाट कति वर्षसम्म पारिश्रमिक समेत नपाएको पनि उनले खुलाएका छन् । उनले लेखेका छन्, ‘केही वर्षसम्म पनि पारिश्रमिक नपाउँदा समेत हामी भद्रगोलका सबै कलाकारहरुले देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भावले निरन्तर मोटिभेट भइ कर्म गरिरह्यौँ ।’   

उनको स्टाटस जस्ताको तस्तैः  

भद्रगोल रोकिनुको कारणः 

भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा विदेशमा रहनुभएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनीहरुमा सम्मान र नमन व्यक्त गर्दछौँ । 

यहाँ सम्मको यात्रामा हामिलाई साथ दिनुहुने मिडिया हब प्रालि, नेपाल टेलिभिजन, सम्पुर्ण मिडिया हाउस, शुभचिन्तक, बिज्ञापन दाताहरु, प्राविधिकहरु, सञ्चारकर्मीहरु, सुबास कार्की (बेलासे) सर, शंकर आचार्य (बरिस्टे) दाइ लगायत सम्पुर्णहरु प्रति कृतज्ञ छौँ । 

बिगत लामो समय देखि विभिन्न समस्याहरु तथा अवरोधका बिच पनि आफ्नो कर्मप्रती पूर्ण इमान्दार भएर भद्रगोल सिरियलमा काम गरिरहेका थियौँ । भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सञ्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्शहरु गर्यौँ ।   

दुर्भाग्यको कुरो भद्रगोलको नाम, डिजाइन, लेखन, निर्माण, निर्देशन गर्ने हामी सर्जकहरुसँग भद्रगोल नामको अधिकार छैन । एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामीले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौँ । एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जना नै हुन्छ होला । 

भद्रगोल टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भावले निरन्तर मोटिभेट भइ कर्म गरिरह्यौँ । पारिश्रमिक पाउने निर्णय भइसकेपछि पनि समयमै पारिश्रमिक नपाउने, पारिश्रमिक उठाउनकै लागि टिलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अवलम्बन गर्दापनि दिगो तरिकाले काम गर्ने वातावरण देखिएन । हुन त हामी कलाकारको लागि पैसा भन्दा पनि कला, दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुपर्छ ।यहि देशमा बसेर कलाप्रति पूर्ण रुपमा समर्पित भएर काम गरिरहँदा आफ्नो भविस्यप्रतिको चिन्ता पनि थपिँदै जादो रहेछ । 

आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं, न काम गरिरहेकै संस्थासँग काम गर्ने वातावरण छ । यो अवस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ? भगवानरुपी दर्शकहरुको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्छौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *