तीन दिनमै फाँटनै राताम्मे, मेयर पुगे किसानको खेतखेतमा

 

साउन ३०, चितवन । खैरहनी १० कठारका कैलाश शाहको धान खेत राताम्मे देखिन्छ । रोपाई गरेको करिव १ महिना पुगेको छ । 

धान काट्ने वेला पनि भएको छैन् । तर पनि उनको खेतमा धान काट्ने वेलाको जस्तो गरि देखिन्छ । शाहको खेत मात्र होईन त्यस वरपरका प्राय सवैको धान लगाएका खेतको रोपाहरु राता, पहेँला वनेका छन् । पूरै फाँटनै त्यस्तै छ । रोपाई भएको करिव १ महिना वढि भएको छ । रोगले धानवालीमा सताउन थालेको छ । 

null

विभिन्न रोगकै कारण शाह जस्तै यहाँका धेरै किसानको खेतीमा समस्या देखिको छ । जसले गर्दा किसानहरु चिन्तित देखिएका छन् । खैरहनी १० सँगै वडा नम्वर ११ र ७ मा पनि किसानले लगाएको धानखेतीमा रोगले सताएको छ । खैरहनी १० कठारका किसान मगरा महतो पछिल्लो २,३ दिनमै धानको रोपो रातो हुने समस्या देखिएको वताउँछन् । 

 

महतोले १८ कठ्ठा जग्गामा गोदावरी नामको धान लगाएका छन् । तीन दिन अघि रातो हुन थालेको थियो महतो भन्छन्– दुई रातमै सवै रोपोमा समस्या देखियो, के गर्ने अन्यौलमा छौ । खैरहनी १० कठारकै कैलास शाहको खेत पुरै रातो छ । खेतको एक वोट पनि खाली छैन् सवैमा रोग लागेको किसान शाहले वताए । शाहको ६ कठ्ठा मात्रै जग्गा छ । नगरको विभिन्न वडामा धानमा रोगको समस्या देखिएपछि खैरहनीका मेयर लालमणी चौधरीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । 

मेयर चौधरीले खैरहनी स्थित कृषि र वन विज्ञान अध्ययन संस्थानका प्रमुख मिलन सुवेदी, क्याम्पसका सह प्राध्यापक एवम् वाली विज्ञ लाल प्रसाद अमगांई, वडा अध्यक्ष कारीराम चौधरीलाई लिएर किसानको खेतखेतमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठ व्याक्टेरिया जनित डढुवा र धर्से रोग लागेको वताउँछन् । 

श्रेष्ठका अनुसार रोग निधानका लागि व्याक्टेरियानाशक विषादी स्ट्रेप्टोमाईसीन वा एग्रीमाईसीन वा टेरामाईसीनको प्रयोग गर्नुपर्छ । खैरहनी संगै राप्ती र रत्ननगर नगरपालिकामा पनि यस्तो रोगका समस्या देखिएको छ । खैरहनी चितवनकै धान उत्पादनमा अव्वल नगरपालिका हो । अहिले यहाँ मन्सुली, गोदावरी, सावित्री, हाईव्रिड ६४४४ जातका धान लगाईएको छ । कृषिका विद्यार्थी समेत रहेका खैरहनीका मेयर लालमणी चौधरी धान देखिएको समस्या समाधानका लागि विज्ञसंग सल्लाह लिएर मात्रै विषादी प्रयोग गर्न किसानहरुलाई आग्रह गर्छन् । 

राप्ती नगरपालिका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार राप्ती वडा नम्वर ६ मा धानको रोपो रातो हुने लगायत विभिन्न रोग देखा परेको छ । अघिल्लो वालीमा राप्तीको वडा नम्वर १ र २ मा वढि समस्या देखिएपनि त्यहाँ निवारण भईसकेको वताउँदै न्यौपानेले अहिले वडा नम्वर ६ मा रोगले सताएको छ । चितवनको मुख्यवालीनै धान हो । यहाँ दुई वाली धान खेती हुन्छ । चितवनको पनि पूर्वी चितवन धानका लागि पकेट क्षेत्र मानिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *