करिना कपुरकाे म्यानेजरले किन काम छाडिन् ?

 

साउन २४, भारत ।  पुनम दमानिया करिब १० वर्षदेखि करिना कपुरकी म्यानेजर थिइन् । ताजा रिपोर्टलाई मान्ने हो भने अब उनले उक्त काम छोडेकी छिन् । 

ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी म्याट्रिकमार्फत् करिनासँग जोडिएकी पुनम अब उनी यो कम्पनीबाट अलग्गिएकी छिन् । यसैकारण उनले अब करिनाको म्यानेजरको पद सम्हाल्ने छैन । 

null

पुनमले करिनाका लागि विज्ञापनको डिल, फिल्मलाई म्यानेज गर्ने, फोटोसुटको ग्ल्यामरस तस्बिर र सैफ र तैमुरसँगको पारिवारिक भेकेसनको तस्बिर उनको इन्स्टाग्राम ह्यान्डलमा पोष्ट गर्ने लगायतका काम हेर्थिन् । 

आफ्नै कम्पनी खोल्ने तयारीमा पुनमः 

भारतीय संचार माध्यममा प्रकाशित रिपोर्टका अनुसार पुनमले एक महिनाअघि म्याट्रिक्सबाट बिदा भएकी थिइन् । कथित रुपमा पछिल्लो केही समयदेखि उनको र कम्पनीबीच मतभेद देखिएको थियो । 

पुनमले आफ्नै ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी खोल्ने सम्भावना छ । यो पनि भनिएको छ कि पुनमले अहिले म्याट्रिक्सको सेलिब्रिटी म्यानेजमेन्ट एजेन्सी क्वान ज्वाइन गरेकी छिन् । उनी कम्पनीमा सिनियर पार्टनरको रुपमा संलग्न भएको बताइन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *