वीरगञ्जमा प्रचण्डको पुत्ला जलाइयो

 

साउन २३, पर्सा । वीरगञ्जमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला जलाइएको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि खेद्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला जलाएको हो । 

null

वीरगञ्जको घण्टाघरमा प्रचण्डको पुत्ला जलाउँदै उनीविरुद्ध नाराबाजी समेत गरिएको थियो । 

पछिल्लो समय पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका पक्षधरमाथि खनिदै आएका छन् । 

पछिल्लो एक कार्यक्रममा पनि उनले ‘गणतन्त्रविरुद्ध चलखेल गरे राजामहाराजाका दास र दलालहरुलाई खरानी पार्ने’ चेतावनी दिएका थिए । 

प्रचण्डको उक्त अभिव्यक्तिपछि त्यसको व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति र त्यसमा प्रयोग भएको भाषाको अधिकांशले निन्दा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =