ड्रामा क्विन राखीलाई उनका पूर्वप्रेमी दिपकले भने, ‘चार दिनभित्र ४ करोड फिर्ता गर’

 

साउन २७, भारत ।  कन्ट्रोभर्सी क्विनको रुपमा स्थापित राखी सावन्त आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन् । 

राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित छन् । यस्तै युट्युबर दिपक कलाल भने उनले विवाह गरेकोमा भड्किइसकेका छन् । 

null

गत वर्ष राखी र दिपकको विवाहको चर्चा थियो । तर पछि यो अफवाह मात्रै साबित भयो । अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भने । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । 

 

यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड लिएको आरोप लगाएका छन् । त्यो पैसा राखीले खाएको भन्दै चार दिनभित्र चार करोड फिर्ता दिन आग्रह गरेका छन् । 

यस्तो अर्को एउटा भिडियोमा दिपकले राखीका श्रीमानलाई पनि तथानाम भनिरहेका छन् । यसमा राखीले पनि आफ्नो भिडियो पोष्ट गर्दै भनेकी छिन्, ‘म सत्य सावित्री हुँ, अब तैँले मेरो कालीको रुप देख्नेछन्, दुर्गाको रुप देख्नेछन् । तँ पातालमा नै लुकेपनि म तँलाई जसरी पनि खोजेर निकाल्नेछु । ’ 

‘म राधे माँको त्रिशुलले तेरो वध गर्नेछु,’ उनले थपिन् । 

स्मरण रहोस्, राखीले २० जुलाईमा विवाह गरेकी थिइन् । उनले क्रिश्चियन ब्राइडल गाउनमा पनि आफ्ना केही फोटो पोस्ट गरिन् तर यसको क्याप्सनमा राखीले लेखेकी थिइन्, ‘ब्राइडल शूट’ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *