आमिर खानकी छोरी इराको अचम्मकाे सुटकाे कारण सोसल मिडियामा चर्चा

 

साउन २८, भारत। बलिउड नायक आमिर खानकी छोरी इरा खानको अचम्मको फोटोसुट सोसल मिडियामा चर्चाको विषय बनेको छ । फोटोमा इरा खानलाई निकै ग्ल्यामरस अन्दाजमा देखिएको छ । इराले फोटो सेयर गर्दै लेखिन्, ‘तिमी को हौ ?’ 

इराले इन्स्टाग्राममा उक्त फोटोसुटका विभिन्न तस्बिर सेयर गरेकी छिन् । फोटोमा इराले निकै अचम्मको पहिरन पनि लगाइरहेको देख्न सकिन्छ । उनको मेकअप पनि अचम्मको छ । 

null

मानिसहरुले उनको फोटोसुटमा ‘मेरो स्वप्न परी, ग्ल्यामरस, सुन्दर’जस्ता कमेन्ट गरिरहेका छन् । 

स्मरण रहोस्, इरा खान सोसल मिडियामा निकै सक्रिय छिन् । उनका थुप्रै फ्यान फलोविङ छन् । सोसल मिडियामा उनका ७० हजार बढी फलोअर्स छन् । 

इरा खानको बलिउड डेब्यूको विषयमा पनि विभिन्न अनुमान गरिँदै छन् । गत वर्ष कफी विद करण शोमा आमिरले उनका छोरा जुनैद र छोरी इरालाई बलिउडमा रझान भएको बताएका थिए । साथै, उनका छोराछोरी यो क्षेत्रका लागि सक्षम नभएर सन्तानका लागि मौका स्थापित नगर्ने स्पष्ट पारेका थिए । एजेन्सी 

  

 

 

 

 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *