अनौठो देश जहाँ खेतबारीमा विषादी होइन रक्सीको प्रयोग गरिन्छ

भाद्र ८ ।  किसानहरूले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि विभिन्न किसिमको मल वा जल लगाउने गरेको क्रियाकलाप त देखि नै आएको छौँ । 

तर कहिले तपाईँले यो दृश्य देख्नु भएको छ, जहाँ किसानहरूले आफ्नो बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेको ? 

यस्तो घटना छिमेकी देश भारत हरियानामा घटेको छ । जहाँका किसानहरूले आफ्नो खेतबारीमा यस्तो अनौठो विधि अपनाउने गर्छन् । किसानहरूले भने अनुसार पानीमा रक्सी मिसाएर बारीमा छर्किनाले बालीनाली राम्रो भई उत्पादन पनि रामै हुने गर्दछ ! 

Image result for अनौठो देश जहाँका खेतबारीमा विषादी होइन रक्सीको प्रयोग गरिन्छ

तर कृषि वैज्ञानिकहरूले भने सो विधिलाई किसानहरूको भ्रम भनी बालीनालीमा रक्सी छर्किनाले किटाणु नमर्ने उनीहरूको भनाई छ । उनीहरूले किसानहरूलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न पनि आग्रह गरेका छन् । 

उक्त स्थानका किसानहरू भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधि अपनाउदैछन् । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *