विवादित प्रियंका पक्ष लिंदै दिइन् कंगनाले यस्ताे कडा जवाफ

भाद्र ५ ।  बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन् ।  

भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत भारतले पाकिस्तानमा गरेको एयरस्ट्राइकको तारिफ गरेकी थिइन् । जसको कारण उनको एम्बेस्डरबाट हटाउन निवेदन गरिएको थियो ।   

यस विषयमा बलिउडमा अहिलेसम्म कुनै कलाकारले आफ्ना धारणा व्यक्त गरेका थिएनन् । तर कंगना रनौतले प्रियंकाको समर्थनमा बोलेकी छिन् । उनले भनेकी छिन्, ‘यो यति सजिलो छैन ।’ 

Image result for pyanka chopada with kangana

एक भारतीय अनलाइनसँग कुरा गर्दै कंगनाले भनेकी छिन्, ‘जब तपाईं आफ्नो कर्तव्य र आफ्नो भावनाको बीचमा फस्नुहुन्छ । तब यो सबै कुरा सहज हुँदैन । हामीमध्यै कति मानिस हरेक दिन दिमाग भन्दा दिलको चुन्ने गर्छौ ।’ 

पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मजारी र अन्य केही व्यक्तिहरुले प्रियंकालाई युनिसेफबाट हटाउनुपर्ने माग गर्दै खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् । एजेन्सी 

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *