फ्राईडे रिलिजमा ३ चलचित्रको भिडन्त

 

साउन २४, काठमाडौँ । चलचित्र भिड्ने भिडाउने शिलशिलालाई जारी राख्दै आज शुक्रबारबाट देशभर एकसाथ तीन चलचित्र प्रर्दशनमा ल्याईएको छ । 

चलचित्र  साइनो, रे र काँचुलीलाइ एकसाथ प्रदर्शनमा ल्याइएकाे हाे । यी आजबाट प्रदर्शमा आएका तीन चलचित्र मध्ये चलचित्र काँचुली बिना प्रचारप्रसार प्रदर्शनमा ल्याइएकाे हाे । 

null

कुनै हप्ता सोलो रिलिजको अवसर पाउने नेपाली चलचित्रले कुनै हप्ता भने एक आपसमा चर्कै भिडन्तको सामाना गर्नु पर्ने हुन्छ । यसरी दुई वा चलचित्र एक साथ जुधाउँदा निर्माता वा निर्देशकले निकै घाटा व्यहोनु परेको अवस्थामा फेरी यी तीन चलचित्र एकसाथ प्रर्दशनमा ल्याईएको छ । 

चलचित्र ‘साइनो’आजबाट प्रदर्शनमा आएको चलचित्र साइनोलाई नेपालको पहिलो नायिका भुवन चन्द ले निमार्ण गरेकी हुन् । 

चलचित्र ‘साइनो’ प्रदर्शनको पहिलो दिनको पहिलो शोमै विशेष शो आयोजना गरिएको थियो । चलचित्रको बिशेष शोमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत उपस्थित जनाएका थिए । 

रमेश थापाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा राजकुमार, मिरुना मगर, नीता ढुंगाना लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 

त्रिकोणात्मक प्रेकथा आधारित रहको यस चलचित्रको लेखक अभिमन्यु निरबीले हुन् भने चलचित्रमा कार्यकारी निर्माताको रुपमा शरण थापा रहेका छन् । 

चलचित्र ‘रे’ 

निर्माता राजेन्द्र त्रिपाठीले निर्माण गरेको चलचित्र रेमा चर्चित तथा पूराना कलाकार सुनिल थापाको मुख्य भूमिका रहेको छ । निर्देशक दिनेश पौडेलको १९ औं निर्देशनमा तयार पारिएको यस चलचित्रमा नायक दिवश धिताल र नायिका सुजाता थापाको जोडी रहको छ । 

चलचित्र नयाँ र फरक भन्दापनि पूरानै कथा वस्तुलाई फरक ढङ्गमा प्रस्तुत गरिएको चलचित्रका निर्देशक पौडेल बताउँछन् । 

चलचित्र ‘काँचुली’ 

 चलचित्र ‘काँचुली’ मा शुभेच्छा थापा, रबिन श्री, सुभाष गजुरेल, शर्मिला शर्मा र राजन महर्जनको लगायत कलाकारकाे मुख्य भूमिका रहेको छ । 

बिना प्रचारप्रसारमा प्रदर्शन ल्याईएको यस चलचित्रको लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *