मोदीलाई युएईमा सर्वोच्च सम्मान: पाकिस्तानले भन्याे-‘सत्यानाश हाेस्’

भदौ ८, नयाँ दिल्ली । एकातर्फ पाकिस्तानका प्रधानमन्त्री इमरान खान कश्मीरमा स्वायत्तता अन्त्य गरिएको कुरालाई लिएर संसारभरीका मुस्लिम देशलाई लामबद्ध गर्ने कोशिस गरिरहेका छन् । अर्कोतर्फ मध्य पूर्वका अहम इस्लामिक देश संयुक्त अरब इमिरेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायद’ प्रदान गरेको छ ।   

१४ अगष्टमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फरावाद विद्यान सभामा सम्बोधन गर्दै भनेका थिए कि कश्मीरका लागि संसारभरीका सवा अरब मुसलमान एकजुट छन् । तर दुर्भाग्यवश् शासक मौन छ।   

अबुधाबीका क्राउन प्रिन्सले पीएम मोदीको यूएई भ्रमणका समयमा भनेका थिए कि उनी निकै कृतज्ञ छन्, उनका भाइ आफ्नो दोस्रो घर अबुधाबी (संयुक्त अरब इमिरेट्सको राजधानी) आएका छन् ।   

Image result for मोदी इमरान

यसभन्दा अघि यूएईले ‘अर्डर अफ जायदु’ सम्मानबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, महारानी एलिजाबेथ–२ र चीनका राष्ट्रपति सी जिनपिंगलाई सम्मानित गरेको थियो ।   

‘अर्डर अफ जायेदु’ को सम्मान मिलेपश्चात् मोदीले उक्त सम्मान पाएर गौरावन्तित महशुस गरेको बताए ।   

उता पाकिस्तानमा यस घटनाक्रमलाई लिएर राजनीतिदेखि मिडियासम्म निकै चर्चा छ । पाकिस्तानी मिडियाहरुमा कश्मीर मामिलामा भारतले एकतर्फी फैसला गरिरहँदा मोदीलाई यो सम्मान दिइएको कुराबारे खराे टिप्पणी छ ।   

पाकिस्तानको मुख्य अखबार डनले लेखेको छ, ‘अर्डर अफ जायद’ मा मोदीको इन्ट्रीबाट थाहा हुन्छ कि संयुक्त अरब इमिरेट्सका लागि भारत कति अर्थपूर्ण छ । भारत कच्चा तेलको तेस्रो सबैभन्दा बढी आयात गर्ने देश हो । भारत संसारको ठुलो उपभोक्ता बजारमध्ये एक हो र यूएईमा ठुलो संख्यामा भारतीय काम गर्छन् । यद्यपी कयौँ कार्यकर्ताहरुलाई यूएईको यो कदम उचित लागेको छैन ।’   

बेरूतबाट आएका मानव अधिकारकर्मी सामह हदीदले लेखेका छन्, ‘खाडीका कयौँ देश आर्थिक फाइदाका आधारमा मोदीको विरोध गर्न सकिरहेका छैनन् । उनीहरू मानवअधिकारको उल्लंघनलाई भन्दा पनि आर्थिक अवसरलाई महत्व दिइरहेका छन् ।   

यूएईले भारतीय प्रधानमन्त्री मोदीलाई उक्त सम्मान दिएको केही घण्टापछि पाकिस्तानी सीनेटका चेयरम्यान सादिक सनर्जानीले यूएईको आफ्नो भ्रमण रद्द गरे । सादिकले लेखेका छन्, ‘मोदीको फैसलाका कारण कश्मीरका मुसलमानका साथ अन्याय भइरहेको छ । उनलाई भने यूएईले आफ्नो सर्वोच्च नागरिक सम्मान दिएको छ । यस्तोमा यूएई जानु भनेको कश्मीरका आमा, बुवा, भाइबहिनीहरुको साथ अन्याय हुनेछ ।’ 

यूएईको सर्वोच्च नागरिक सम्मान संयुक्त अरब इमिरेट्सको पहिलो राष्ट्रपति शेख जायेद विन सुल्तान अल नाह्यानको नाममा दिइन्छ ।   

यद्यपी उक्त सम्मानको घोषणा अप्रिल महिनामा नै गरिएको थियो । तब यसको घोषणा गर्दै संयुक्त अरब इमिरेट्ले भनेको थियो कि यूएई र भारतको सम्बन्धलाई मोदीले नयाँ उचाई दिएका छन् ।   

मोदीलाई उक्त सम्मान मिलेकोमा आपत्ति जनाउँदै ब्रिटेनको लेबर पार्टीकी सांसद नाज शाहले कडा प्रतिक्रिया दिएकी छन् । नाज शाहले एक खुल्लापत्र लेख्दै आपत्ति जनाएकी छन् ।   

भारतको फैसलालाई मध्यनजर गर्दै शेख मोहम्मदले यसमा विचार पुर्याउनुपर्ने उनको भनाइ छ । नाज शाहले लेखेका छन्, ‘यस अवार्डमा पुनर्विचार हुनुपर्छ । मानवअधिकार उल्लंघनलाई मध्येनजर गर्दै यसमा सोच्नुपर्छ ।’   

मित्रता र सहयोगलाई बढावा दिँदै भारतीय प्रधानमन्त्रीको भूमिकाका लागि मोहम्मद विन जायदले भारतीय प्रधानमन्त्रीलाई जायद पदकबाट सम्मानित गरे । उक्त अवसरमा उनको उपस्थितिमा महात्मा गान्धीको १५० औँ जयन्तीको स्मरणमा एक विशेष स्मारक टिकटको विमोचन गरिएको थियो ।   

पाकिस्तानका वरिष्ठ पत्रकार हामिद मीरले मोदीको सम्मानबारे टिप्पणी गर्दै ट्वीटरमा लेखेका छन्, ‘फासीवादी मोदीलाई यूएईले दिएको सर्वोच्च सम्मानविरुद्ध संसारका ठुलाठुला मुस्लिम नेता मौन बसे । तर एक बहादुर ब्रिटिश सांसद नाज शाहले यूएईको उक्त फैसलाविरुद्ध आपत्ति जनाए । पाकिस्तानी र कश्मीरबासीको भावनालाई नाजले व्यक्त गरेका छन् । बहादुर बहिनी नाज शाहलाई धन्यवाद ।’ 

डनका पत्रकार जमील फारुकीले लेखेका छन्, ‘अरबको सत्यानाश होस् । इतिहासकारले लेख्नेछन् कि जुन समयमा भारत अधिकृत कश्मीरमा पूर्ण रुपमा प्रतिबन्ध छ, सोही समयमा मोदीलाई संयुक्त अरब इमिरेट्सले ठुलो सम्मान दियो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *