चलचित्र हेर्नुभन्दा पहिले राष्ट्रिय गानको सम्मानमा उठ्नुहोस्

भदौ ५, काठमाडौँ । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।   

असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ताव सम्पूर्ण फिल्महललाई त्यस्तो निर्देशन दिनएको हो ।   

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृहले दिएको छ ।‘बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा फिल्म हललाई संविधान दिवसका दिनदेखि अनिवार्य रुपमा सधैँलई राष्ट्रिय झन्डा फहराउन र राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ ।’  

null

गृह प्रवक्ता रामकृष्ण सुवेदीले कान्तिपुरसँग भने, ‘राष्ट्रिय गानको मर्यादा राख्न सबै भिनै पर्छ, त्यो भनिरहनै पर्दैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *