अनुशासन समितिमा सभापति देउवा र शेखर कोइरालाविरुद्ध उजुरी

 

साउन १७, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाविरुद्ध उजुरी परेको छ । 

भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै सभापति देउवाविरुद्ध उजुरी परेको हो भने नेता कोइरालाको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको आरोप छ । 

null

देउवाले स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहाललाई भोट मागेका थिए । यसैविरुद्ध उनीमाथि उजुरी परेको हो । 

चुनावी तालमेल, राजनीतिक निर्णय भएको भन्दै देउवाको उजुरी पेन्डिङमा राखिएको छ । 

यस्तै शेखर कोइराला कांग्रेसको विधानअनुसार नचलेको उजुरीकर्ताको दाबी छ । 

कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ । तर वि.सं. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *