दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे नियुक्त, आजै शपथ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले प्राधिकरणकै निर्देशक एवं निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका घिमिरेलाई आगामी कार्यकालका लागि नेतृत्व सुम्पने निर्णय गरेको हो ।

घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए । उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए ।

२०६० सालमा सहायक निर्देशक पदबाट दूरसञ्चार प्राधिकरणमा प्रवेश गरेका घिमिरेसँग नियामक निकायमा दुई दशकभन्दा लामो अनुभव छ ।

घिमिरेको आजै सञ्चार मन्त्रालयमा शपथको तयारी गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेशबाट भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =