सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍योः नेता शाही

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिएका हुन् ।

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । ‘राप्रपामा रूपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रूपान्तरण गर्ने हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =