मन्त्री बादी र सांसद रानाबीच भेट, महिला तथा सामाजिक सुरक्षाका विषयमा छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधि सभा सदस्य माननीय सांसद इन्दिरा राना मगरबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

छलफलमा महिला तथा बाल अधिकारको संरक्षण, बाल संरक्षण प्रणालीको सुदृढीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सम्मान र सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

मन्त्री सिता बादीले मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका नागरिकको अधिकार संरक्षण, सेवा प्रवाहको प्रभावकारिता वृद्धि तथा समावेशी विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताइन् ।

त्यस्तै, माननीय सांसद इन्दिरा राना मगरले महिला, बालबालिका तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक सुझाव, सहकार्य र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।

भेटका क्रममा मन्त्रालयका कार्यक्रम तथा नीतिलाई थप प्रभावकारी बनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हित र अधिकार प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =