करण जोहरको ४० करोडको अफर किन साउथ स्टारले अस्वीकार गरे ?

 

साउन १८, भारत ।  तेलुगु फिल्म डियर कामरेडले यतिबेला बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । एक हप्ताअघि रिलिज भएको यस चलचित्रले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ । 

चलचित्रले आफ्नो ओपनिङ विकएन्डमा नै ३३ करोड भारु कमाइसकेको छ । चलचित्रमा साउथ स्टार विजय देवराकोन्डा र रश्मिका मन्डानाको मुख्य भूमिका रहेको छ । 

null

चलचित्रको रिलिजभन्दा अघि नै यसको ठूलो चर्चा रहेको थियो । त्यही भएर निर्माता करण जोहरले चलचित्रको हिन्दी राइट्स ६ करोडमा किनेका थिए । 

करणले राइट्स किने पछि चलचित्रमा इशान खट्टर र जान्ह्वी कपुरलाई कास्ट गर्ने खबर आएको थियो । तर, त्यसलाई करणले अस्वीकार गरेका थिए । 

रिपोर्टका अनुसार उनी विजय देवराकोन्डालाई कास्ट गर्न चाहन्थे । यसका लागि उनले विजयलाई ४० करोड भारुको अफर पनि गरेका थिए । तर, विजयले उक्त अफर अस्वीकार गरेको बताइएको छ । 

विजयको साउथ चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहमा पनि पहिले उनलाई लिने बताइएको थियो । तर, विजयले हिन्दी रिमेकमा काम गर्न अस्वीकार गरेका थिए । 

त्यसपछि मात्र उक्त भूमिकामा शाहिद कपुरलाई कास्ट गरिएको थियो । कबीर सिंह शाहिदको करियरकै सबैभन्दा ठूलो हिट बनिसकेको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *