आज २०७६ साल साउन १९ गते आइतवार, “आजको राशिफल”

आज २०७६ साल साउन १९ गते आइतवार, तदअनुसार अगस्ट ४ ,२०१९ 

तपाइको आजमेषशुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला । 

वृषसानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला । 

null

मिथुनरोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । 

कर्कटधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । रोमाञ्चक यात्रा होला । 

सिंहअनुहारमा कान्ति र मनमा शान्ति छाउला । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु क्षय होलान् । 

कन्यासोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । पेट सम्बन्धि समस्याले सताईरहनेछ । 

तुलाआँटेको र ताकेको कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । 

वृश्चिकआफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । धनुपदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । कला र गलाको प्रभाव बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला । 

मकरअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधा आउनेछ । 

कुम्भधार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

मीनसुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।- ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *