मालपोत कार्यालयका नायब सुब्बा र खरिदार ८ हजार घुससहित पक्राउ

 

साउन २०, कैलाली । मालपोत कार्यालय टीकापुर, कैलालीका नायब सुब्बा सिह बहादुर कुँवर र खरिदार नरराज पाण्डे घुस रकमसहित पक्राउ परेका छन् । 

घुस मागेको विशेष सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले नायब सुब्बा कुँवर र खरिदार पाण्डेलाई रंगेहात नियन्त्रणमा लिएको हो । 

null

उनीहरुले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग ८ हजार घुस लिएको अनुसन्धानमा खुलेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =