सलमान खानको ‘दबंग ३ काे प्रदर्शन मिति सार्वजनिक

भाद्र ५, भारत ।  बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ को प्रर्दशन मिति तय गरिएको छ । यो फिल्म यहि डिसेम्बर २० अर्थात पुस ४ गते देखि प्रर्दशनमा आउने जानकारी यसै साता मात्रै मिडियामा आएको हो । 

भारतिय समिक्षक तरण आदर्शले ट्विटरमा लेखेका छन्, ‘रिलिज डेट तय भयो । चुलबुल पाण्डे डिसेम्बर २० मा आउँदैछन् । दबंग ३ हिन्दी, कन्नड, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ । फिल्म ‘वान्टेड’पछि सलमान खान र प्रभु देवा एक साथ आउँदैछन् ।’ सलमान हाल राज्यस्थानमा यहि फिल्मको छायांकनमा व्यस्त छन् । 

प्रभु देवाले निर्देशन गरेको फिल्ममा सोनाक्षी सिन्हा, अरबाज खान, सुदिप र माही गिलको मुख्य भुमिका रहेको छ । एजेन्सी 

Image result for ‘दबंग ३’

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *