खोलामा नुहाउने क्रममा डुबेर मृत्यु
२०७६ साउन २२ गते

साउन २१, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ का ६४ बर्षीय निर बहादुर श्रेष्ठको त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
आज बिहान साँढे ७ बजे त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा अचानक पानीमा डुबेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
null
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय उदयपुर तथा ईलाका प्रहरी कार्यालय जलजलेबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
२०७६ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








