संसदमा कांग्रेस सांसदको गुनासो– एसी चलेन, गर्मीमा गुम्सिनु परेको छ

 

साउन २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसद भवनमा एसी नचलेको भन्दै गुनासो गरेकी छिन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले संसद भवनमा एसी नचल्दा गुम्सिनुपरेको भन्दै गुनासो पोखेकी हुन् । 

null

‘यस सभाहलमा केही दिनदेखि एसी छैन । अहिले यति धेरै गर्मी बढेको महिनामा गुम्सिएर बस्नुपरेको छ । सुनिन्छ, एसीमा पानी छैन । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो ?’ उनले भनिन् । 

सांसद परियारले ३ दिनसम्म पनि एसी बनाउन नसक्नु संसद् सचिवालयको लापरवाही भएको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन पनि सभामुखसँग आग्रह समेत गरिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =