जनैपूर्णिमाको मौका छोपेर भोली देखी प्रर्दशन हुने ‘हजार जुनीसम्म’ले पायो १९ शो

 

साउन २९, काठमाडौँ । जनैपूर्णिमाको मौका छोपेर बिहिबार देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हजार जुनीसम्म’ले क्युएफएक्स अर्न्तगतका हलहरुमा १९ शो पाएको छ । मल्टीस्टारर चलचित्र ‘हजार जुनीसम्म’ले मल्टिप्लेक्स हलमा चलचित्रको शो बाँडफाँड गरेर १९ शो पाएको हो । 

चलचित्र ‘हजार जुनीसम्म’ले काठमाण्डूको जय नेपालमा १, छायाँ सेन्टरमा १, लाविम मलमा २, कुमारीमा २, सिभिल मलमा ४ शो पाएको छ । यस्तै पोखराको सिनेप्लेक्समा ३, नारायणघाटको जल्मामा ३ र विर्तामोडको अन सेटमा ३ वटा शो पाएको छ । यस्तै राजधानीका बिग मुभिज, क्युज सिनेमाज र बिएसआर मुभिज गोंगबुमा फिल्मले दुई दुई शो पाएको छ भने एफक्यु चावाहिलमा ३ शो पाएकाे छ । 

null

विकासराज आचार्यद्वारा निर्देशित ‘हजार जुनीसम्म’ सँग भोलि देखी नै प्रदर्शनमा आउन लागेको भारतीय दुई ठूला चलचित्र मिसन मंगल र वाट्ला हाउस जुध्ने भएको छ । 

चलचित्रमा नाम चलेका कलाकार नायक आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेत, अनुभव रेग्मी, सञ्चिता लुईंटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

आधुनिक फेमिली ड्रामा रहेको फिल्ममा हाँसो, रोदन, माया, मिलन विछोडको संगम रहेको यस चलचित्रलाई विशाल चाम्लिङले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *