दीपिका गर्भवतीकाे सम्बन्धमा अर्जुन कपुरको यस्ताे भन्छन्

भाद्र १, भारत ।  बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहलाई ड्याडी भनेर फसेकी छिन् । उनले यसो भनेपछि अब उनका प्रशंसक उनी साँच्चै नै गर्भवती भएकी हुन् त भनेर जान्ने कोसिस गरिरहेका छन् । 

भएको के थियो भने रणवीर सिंह इन्स्टाग्राममा लाइभे थिए । यसमा दीपिका पादुकोणले कमेन्ट गरिन्, ‘हाई ड्याडी’ । यो कमेन्टसँगै उनले एउटा बच्चा र मायाको इमोजी पनि कमेन्ट बक्समा पोष्ट गरिन् । 

त्यसपछि धेरैजसो प्रशंसकले दीपिका पादुकोण गर्भवती छिन् कि भनेर अनुमान गरे । यद्यपि, रणवीर सिंहले ड्यामेज कन्ट्रोल गर्दै लेखे, ‘हाय बेबी’ । तर रणवीर कपुरका नजिकका साथी अर्जुन कपुरको कमेन्टपछि यो कुराले थप बल पाएको छ । 

Image result for deepika with arjun kapoor

यो पोष्टमा अर्जुनले लेखे, ‘बाबा, भाउजुले तपाईंलाई एउटा दिने भएकी छिन् ।’ यही कमेन्टलाई आधार बनाएर दीपिका पादुकोण गर्भवती भएको हो कि भन्ने चर्चा पुनः सुरु भएको छ । 

स्मरण रहोस्, यो वर्ष जब दीपिका पादुकोण कान्समा उपस्थित थिइन् त्यतिबेला पनि उनी गर्भवती भएको अफवाह फैलिएको थियो । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *