‘युद्धलाई प्रोत्साहन किन ?’ भन्दा प्रियंकाकाे यस्ताे जवाफ

 

साउन २७ ।  प्रियंका चोपडा लस एन्जिल्समा ब्यूटीकन फेस्टिबल २०१९ मा उपस्थित थिइन् । यतिबेला उनले एक महिलाले उनलाई युनाइटेड नेशनको गुडविल एम्बेसडर हुँदासमेत युद्धलाई किन प्रोत्साहन दिइरहेकी थिइन् भनेर प्रश्न सोधिन् । प्रियंकाले जवाफमा आफूलाई देशभक्त बताइन् । त्यसपछि भारतीय मिडियामा उनको लगातार प्रशंसा भइरहेको छ । 

 स्मरण रहोस्, जुन ट्वीटको विषयमा ती महिलाले प्रश्न गरेकी थिइन् त्यो ट्वीट उनले बालाकोट हवाई हमलापछि गरेकी थिइन् । 

null

सोसल मिडियामा भाइरल भयो भिडियोः 

सोसल मिडियामा सेयर गरिएको एउटा भिडियोमा एक महिलाले प्रियंका चोपडालाई भनिरहेकी छिन्, ‘तपाईं शान्तिका लागि संयुक्त राष्ट्र गुडविल एम्बेसडर हुन् र तपाईं पाकिस्तानमा परमाणु युद्धलाई प्रोत्साहित गरिरहेकी छिन् । तपाईंले जुन भन्नुभयो त्यो राम्रो तरिका होइन । एक पाकिस्तानी भएको नाताले मजस्ता लाखौं मानिस तपाईंका समर्थक छन् । ’ 

 

यो ट्वीटमा उठाइएको थियो प्रश्नः 

 

प्रियंकाले भनिन्, ‘म देशभक्त हुँ’ 

प्रियंकाले ती महिलालाई जवाफ दिँदै भनिन्, ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ । युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ । तर म देशभक्त हुँ । त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु । तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं । हामी सबै हिँड्ने मिल्ने एउटा बीचको बाटो तय गर्नुपर्छ । ठिक त्यस्तै जुन तपाईं पनि गर्नुहुन्छ । हामी सबै प्रेमका लागि यहाँ छौं ।’ एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *