घरमा राखेको ठाँउबाटै मोटर साईकल चोरी
२०७६ साउन २१ गते

बौनियौं, २१ साउन । पछिल्लो समय चोरीका घटनाले तिब्रता पाईरहेको बर्दगोरिया गाँउपालिकामा पुन अर्को घटना सार्वजनिक भएको छ । सोमबार राति घरमा राखेको अवस्थामा बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका ईन्द्र भण्डारी २२० सिसिको पल्सर मोटर साईकल चोरी भएको हो ।
राति घरमा राखेको मोटर साईकल बिहान उठ्दा सोहि ठाउँमा नभेट्दा आफु अचम्मित भएको पिडित भण्डारीले दुखेसो पोखे । २०१७ मोडेलको कालो रङको सो बाईक आफुले सदा झै राख्ने गरेको ठाउँमा नै सोमबार पनि राखेको उनले बताए ।
null
से ६ प ३७७ नम्बरको उक्त मोटर साईकल देख्ने व्यत्तिले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन वा आफुलाई ९८५८४२६२८१ मा जानकारी गराईदिन भण्डारीले आग्रह गरेका छन् । दिन प्रतिदिन चोरीका घटना वृद्धि हुँदै जाँदा प्रहरी प्रशासनले यस तर्फ ध्यान दिनु पर्नेमा स्थानियहरुले आग्रह समेत गरेका छन् ।
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








