‘जाइरा’को ट्रेलर सार्वजनिकः नायिका नम्रतालाई अब भिलेन बन्ने रहर

 

साउन २२, काठमाडौँ । बुधबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नायिका नम्रता श्रेष्ठद्वारा अभिनित चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । 

चलचित्रमा जाइराको भूमिका निर्वाह गरेकी नायिका श्रेष्ठले यस कार्यक्रममा अव उनलाई खलनायिका भएर खेल्ने रहर भएको ईच्छा व्यक्त गरेकी छिन् । 

null

उनले भनिन् ‘अहिलेसम्म म पोजेटिभ भूमिकामा मात्र देखिएकी छु । तर, मलाई नेगेटिभ रोल गर्ने इच्छा छ’ उनले भनिन् ‘जाइरामा नकारात्मक भूमिकामा रहेकी श्रृजना रेग्मीको क्यारेक्टर निकै मन परेको थियो । तर गर्न पाइन ।’ 

 

आफ्नो अभिनयमा मात्र नभएर पहिरनमा पनि विशेष ध्यान दिने नायिका श्रेष्ठले ‘जाइरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुग्दा उनले लगाएको पहिरनले धेरैको ध्यान खिच्न सफल भएको थियो । 

 

आशुतोषराज श्रेष्ठद्वारा निर्देशित यस चलचित्रमा नायिका श्रेष्ठलाई मार्सल आर्ट खेलाडीको रुपमा देखाइएको छ । २ मिनेट १ सकेण्डको सार्वजनिक गरिएको उक्त चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स, बदला जस्ता दृश्यहरु समावेश गरिएको छ । 

चलचित्रमा मुख्य पात्र रहेकी नायिका श्रेष्ठसँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमनदास श्रेष्ठ लगायतको कलाकारको अभिनय रहेको छ । 

नायिका श्रेष्ठकै होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्मसको सहकार्यमा निर्माण भएको यस चलचित्रको प्रर्दशन मिति भने भदौ ६ गतेलाई तोकिएको छ । 

 ट्रेलर हेर्नुस् 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *