फिफा विश्वकप छनोटः कुवेत र चाइनिज ताइपेइ विरूद्दको खेलका लागि नेपाली टोलीको बिदाइ

भदौ १४, काठमडौँ । फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइ विरूद्दको खेलका लागि नेपाली टिमको बिदाइ गरिएको छ । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाललगायत एन्फा पदाधिकारीले बिदाई गरेका हुन् l यसपटक किरण चेम्जोङको कप्तानीमा नेपाली टोली आइतबार बिहान कुवेततर्फ प्रस्थान गर्नेछ ।   

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । जस अन्तर्गत नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्नेछ भने ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।   

null

नेपालले कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा बिहिबार नै गरिसकेको छ । एन्फा अध्यक्ष कर्मा क्षिरीङ शेर्पाले कुवेत विरूद्दको खेलमा जित निकाले खेलाडीलाइ पुरस्कारको घोषणा गरिने बताए ।   

टिमले राम्रो गर्नेमा विश्वस्त रहेको बताउँदै यसअघि पनि खेलिसकेकाले टिममा अनुभवी र युवा खेलाडीले राम्रो नतिजा निकाल्ने अपेक्षा गरेको अध्यक्ष शेर्पाको विश्वास छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *