पहिलो पटक चन्द्रमामा उम्रिएकाे थियाे यस्ताे बिरुवा

 

साउन १५ । चन्द्रमामा पहिलो पटक कपासको बिउ उम्रान चिन सफल भएइको छ । चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो ।  चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका थिए। 

चन्द्रमामा जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञाका रुपमा दिएका छन् । 

null

कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन् ,‘चिनियाँ रोभर चाङ’ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’ 

गेङशिनका अनुसार यानले पठाएको तस्बिरमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका बीउ भने अंकुरित नभएको उनले बताए । 

चीनले मात्रै चन्द्रमाको सतह अध्ययन गर्ने उद्धेश्यले चाङ’ई–४ ल्याण्ड रोभर प्रक्षेपण गरेको थियो । यो यान यही जनवरी ३ मा चन्द्रमामा सफलतापूर्वक अवतरण भएको थियो । बाँकी देशको तुलनामा चीनको यो अभियान एकदमै अलग छ । चीनले पहिलो पल्ट पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा आफ्नो उपकरण अवतरण गराएको थियो । 

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट देखिने चन्द्रमाको भागमा ल्याण्ड रोभरजस्ता उपकरण अवतरण गराउन सहज हुन्छ । तर अर्को भागमा खाल्डाखुल्डी धेरै हुने भएकाले उपकरणहरु अवतरण गराउन कठिन हुन्छ । 

चीनले जनवरी ३ मा चन्द्रमाको पछिल्लो (धर्तीबाट नदेखिने) भागमा आफ्नो अन्तरिक्षयान चांगी–४ उतार्यो । चन्द्रमाको यो हिस्सामा पहिलो पटक कुनै अन्तरिक्षयान उत्रिएको हो । धर्तीबाट चन्द्रमाको एउटै हिस्सा मात्र देखिन्छ । 

अहिलेसम्म अमेरिका, रुस र चीनले नै चन्द्रमाको त्यो हिस्सामा अन्तरिक्षयानमा उतार्न सकेको छ जुन पृथ्वीबाट देखिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *