गोविन्दाले ‘अवतार’को अफर अस्विकार गरे भन्दा किन मजाक बनाईयो ?

 

साउन १५, भारत ।  बलिउड अभिनेता गोविन्दा अहुजाले रजत शर्माको ‘आप की अदालत’ टंक शोमा जेम्स क्यामरुनको ब्लकबस्टर हलिउड फिल्म ‘अवतार’ अफर आएको बताएका छन् । साथै उनले यो फिल्ममा काम गर्न अस्विकार गरेको समेत खुलाए । 

उनले फिल्म अस्विकार गर्नुको कारण बताउदै भने, ‘क्यामरुनले ४१० दिन सम्म शरीरमा पेन्ट लगाएर सुटिङ गर्नुपर्छ भनेका थिए । जुन मेरोलाई निकै मुश्किल थिए । 

null

तर मैले फिल्मको नाम अवतार राख्न सुझाव दिएको थिए । यो फिल्म सकिन लगभग ७ वर्ष लाग्छ भनेको थिए । त्यति बेला जेम्स निकै रिसाएका थिए । उनको कल्पना तयार गर्न यति समय लाग्थ्यो र लगभग ७ वर्ष नै लागेको थियो ।’ 

उनको यो कुरालाई लिएर सामाजिक सञ्जालमा मजाकको पात्र बनेका छन् । धेरैले गफ दियो भन्ने कमेन्ट गरेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *