अक्षयले सुनाए दुःखः भने– ‘पैसा सहजै कमाइँदैन’

 

साउन २७, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार यस वर्ष विश्वको १०० सर्वाधिक कमाउने सेलिब्रेटी लिस्टमा परेका छन् । 

उनी यो सूचीमा पर्न सफल एक्लो भारतिय कलाकार हुन् । २०१९ को हाइएस्ट पेड सेलिब्रेटी सूचीको ३३ औं नम्बरमा परेका अक्षयको कमाइ ६.५ करोड डलर (भारु ४४४ करोड) रहेको छ । 

null

अक्षयले यसै विषयमा एक अन्तर्वार्तामा खुलेर कुरा राखेका छन् । अक्षयले भने, ‘यस्तो कुराले स्वाभाविक रुपमा राम्रो लाग्छ । पैसा मेरो लागि सबथोक होइन तर मरो मिहेनतको कमाई हो । म एक एक पैसाको लागि निकै मिहेनत गर्छु । पैसा सहजै कमाइँदैन । मैँले पैसा कमाउन रगत पसिना बगाएको छु । त्यसैले मैँले पैसाको महत्व बुझेको छु ।’ 

अक्षय कुमारको आगामी फिल्म ‘मिशन मंगल’ यहि अगस्त १५ मा रिलिज हुँदैछ । मल्टिस्टारर फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा, तपसी पन्नु, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, नित्या मेननको मुख्य भुमिका रहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *