बलिउड सलमानले रानूलाई दिए ५५ लाखको घर दिएकै हुन् त ?

भाद्र ११, भारत ।  सोसल मिडियामा सक्रिय हुनेहरुलाई पक्कै पनि रानू मण्डल को हुन् थाहा होला । लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात इन्टरनेट सेन्सेसन बनेकी रानूको जीवनले यस्तो मोड लिएको छ कि उनको संसार नै बदलिएको छ । 

संगीत निर्देशक हिमेश रेशमियाले उनलाई आफ्नो फिल्म ह्याप्पी हार्डी एण्ड हिरमा गाउने मौका दिएका छन् । तर रानूबारे एउटा यस्तो खबर सोसल मिडियामा भाइरल भइरहेको छ जसबारे थाहा पाउँदा तपाईं चकित हुनुहुनेछ । 

स्मरण रहोस्, जब रानूको सुरिलो स्वरको भिडियो इन्टरनेटमा भाइरल भएको थियो तब हिमेशले एक सिंगिंग रियालिटी शोमा उनलाई बोलाएर गीत गाउन लगाए र आफ्नो फिल्ममा गीत गाउन लगाउने भनेर घोषणा गरे । हिमेशले आफ्नो बचन पनि निभाए । ह्याप्पी हार्डी एण्ड हिरमा रानूले तेरी मेरी कहानी रेकर्ड गरेकी छिन् जसको एउक भिडियो सोसल मिडियामा धेरैले हेरेका छन् । 

यस्तै, सोसल मिडियामा सलमान खान रानूको मद्दतका लागि अग्रसर भएको चर्चा पनि अत्यधिक छ । सलमानले उनलाई ५५ लाखको घर दिएको भन्ने खबर निकै फैलिएको छ । सलमानले रानूलाई आफ्नो नयाँ फिल्म दबंग थ्री मा गीत गाउन लगाउने बताइएको छ । यद्यपि, यी खबरको अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन । यसै पनि सलमान बलिउडमा आफ्नो सहयोगी छविका लागि चर्चित छन् । 

रानू पश्चिम बंगलाको रानाघाटमा बस्छिन् र त्यहाँ स्टेशनमा फिल्मको गीत गाएर गुजारा गर्थिन् । यतिबेला स्थानीय युवक अतिन्द्रले उनको भिडियो रेकर्ड गरेर सोसल मिडियामा पोष्ट गरेका छन् । भिडियो भाइरल भयो र रानू स्टार बनिन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *