सामूहिक बलात्कार गर्ने दुई पक्राउ

भाद्र १, धनगढी ।  कञ्चनपुरमा युवनतीमाथी सामूहिक बलात्कार गर्ने ५ मध्य दुईलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही स्थान कै भुपेश ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिए अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षीय युवतीलाई उनीहरुले घरबाट बाहिर बोलाएर खोलाको किनारामा बलात्कार गरेका थिए ।   

Image result for बलात्कार

बलात्कार गर्ने पाँच मध्ये दुईलाई शनिबार बेलुका नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक साउँदले जानकारी गराएका छन् ।  घटनामा संलग्न फरार रहेका ३ को खोजीकार्य भईरहेको र पक्राउ परेका दुईमाथी आवश्यक अनुसन्धान भईरहेको छ ।   

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *