बल्ल तोके अशोकले ‘रातो टिका निधारमा’को प्रदर्शन मिति

 

साउन २६, काठमाडौँ । दशैँलाई छुट्याएको चलचित्र ‘रातो टिका निधारमा’ को प्रदर्शनको मिति निर्देशक अशोक शर्माले  बल्ल ताेक्न भ्याएका छन् । 

चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गत साता गरिएपछी चलचित्रको प्रदर्शन मिति नतोकिनाले दर्शक निकै अन्यौलमा परेका थिए । अब दर्शकको त्यो अन्यौलतालाई सावधान गर्दै  निर्देशक शर्माले ‘रातो टिका निधारमा’ असोज १० गतेबाट प्रदर्शनमा ल्याउने  निर्णय गरेका छन् ।  

null

निर्देशक  शर्माले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र असोज १० गते देखि प्रदर्शनमा आउने तयारी रहेकाे जानकारी दिएकाे हाे । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, खुश्वु खड्का, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । 

किरण शर्मा र कृति शर्माद्वारा निर्मित यस चलचित्रमा निर्देशक शर्माले आफ्नो छोरा अंकित शर्मालाई यसै चलचित्रबाट डेब्यू गराएका हुन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *