पञ्चाङ्ग र आजको तपाईंको राशिफल

आज २०७६ साल भदौ ५ गते बिहिवार, तदअनुसार अगस्ट २२ तारिख सन् २०१९ । परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। सप्तमी, २७ः१७ उप्रान्त अष्टमी।  

नक्षत्र– भरणी, २३ः१९ बजेउप्रान्त कृत्तिका। योग– वृद्धि, १५ः१४ बजेउप्रान्त ध्रुव। करण– भद्रा, १५ः०३ बजेदेखि वव, २७ः१७ बजेउप्रान्त वालव। आनन्दादिमा पद्म योग।  

चन्द्रराशि– मेष, २९ः३५ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५ः३८ बजे, सूर्यास्त– १८ः३४ बजे र दिनमान ३२ घडी ० पला। अमुक्ताभरण सप्तमी। गौरा सप्तमी। 

null

तपाइको आज 

मेष 

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । 

वृष 

शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । 

मिथुन 

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । 

कर्कट 

शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । 

सिंह 

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको कामपनि पुरा होला । 

कन्या 

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । 

तुला 

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । 

वृश्चिक 

अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । 

धनु 

साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्नेछ । 

मकर 

बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ । 

कुम्भ 

भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । 

मीन 

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *