रविको समर्थनमा दीपकराज गिरीः ‘रविजीको अवस्था पनि अनुमान गर्न सक्छु’

भाद्र २, काठमाडौं । कार्यक्रम प्रस्तोता रवि लामिछानेका विषयमा कलाकार तथा निर्माता दीपक राज गिरीले सत्यको जीत भएको हेर्ने चाहेको बताएका छन् ।   

सामाजिक सञ्जालमा स्टाटस लेख्दै कलाकार गिरीले आत्महत्या गराउन बाध्य बनाएको आरोप लाग्दाको अनुभव थाहा भएको बताउँदै आफु समेत विगतमा धेरै रात अनिदो बसेको अनुभव रहेको बताएका छन् । उनले लेखेका छन्–‘आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पिडा हुन्छ भन्ने अनुभव मलाई छ, निन्द्रा बिनाका धेरै रातहरू बिताएको छु । त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु । सत्य जितोस् असत्य हारोस् !!’ दीपकराज गिरीले फेसवुकमा लेखेका छन् ।   

यस अघि पत्रकार आत्महत्याको निष्पक्ष छानविन हुनुपर्ने बताएका दीपकराजले लेखेका थिए, ‘आत्महत्या, प्रायः बाँच्ने रहर समाप्त भएपछि हुन्छ, कतिपय केशमा मर्न बाध्य पारिएको हुन्छ भने कतिपय केशमा आत्महत्या गर्नेको आरोपले ज्यूदो मान्छेलाई नै मर्नु नबाँच्नु बनाइदिन्छ त्यसैले निष्पक्ष अनुसन्धान नै एक मात्रै उपाय हो ।’ त्यसपछि पनि उनी चुपचाप बसेनन् अर्को स्टाटस पोस्ट गरे । ‘सिधा कुरा गर्ने पत्रकार थिए, ठिकठाकै थियो । जिस्क्याइ जिस्क्याइ नेता नै बनाएर छोड़ने भए ।’ उनले यस्तो लेख्नुको अर्थ हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुरलाई एक दिनको सिएम बन्न बाध्य पारिएको घटनालाई सम्झिएको हुनुपर्छ ।   

Image result for दीपक राज गिरी

पत्रकार शालिग्राम पुँडासैनीको आत्माहत्या प्रकरणमा रवि लामिछानेलाई गत बिहिबार छानबिनको लागि प्रहरीले हिरासतमा लिएको छ । रविलाई पाँच दिन सम्म हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको छ । उनलाई पक्राउ गरेपछि रविका समर्थकहरुले चितवन लगाएत देशका विभिन्न क्षेत्रमा प्रदर्शन गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *