गोबिन्दाले ४९ वर्षमा यस कारण गरेका थिए दाेस्राे बिवाह 

 

साउन १५, भारत ।  गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले भिन्न छाप छोडेका छन् । लगभग हरेक जनरको फिल्मले गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । विशेषगरी उनको कमिक टाइमिङको छुट्टै अन्दाज छ । 

९० को दशकपछि गोबिन्दाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ । गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा पुगे जहाँ उनले आफ्नो विवाहबारे रोचक खुलासा गरे । 

null

केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिएा । ’ 

उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए । गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ । उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो । ’ 

गोबिन्दाका काका आनन्द सिंहले उनलाई ‘तन बदन’ बाट डेब्यू गराएका थिए र त्यति नै बेला आनन्द सिंहकी साली सुनिता मुंजाल गोबिन्दाको प्रेममा परिन् । सन् १९८७ मार्च ११ मा दुबैले विवाह गरे । यद्यपि, गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *