आइडिया स्टुडियोको चौथो सिजन सुरु, उत्कृष्ट आइडियाले ५ लाखको सिड इन्भेष्टमेन्ट पाउने

भदौ ४ काठमाडौँ । आइडिया स्टुडियोको चौथो सिजन शुरु भएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी चौथो सिजन सुरु भएको जानकारी दिएको हो ।   

पत्रकार सम्मेलनमा आइडिया स्टुडियो नेपालका अध्यक्ष छिरिङ्ग लामाले सोचलाई उद्योगसम्म पुर्याउने मुख्य नारा बोकेको आइडिया स्टुडियो सामाजिकन्यायको विषयमा सदैव सचेत रहेको बताए ।  

आइडिया स्टुडियोको चौथो सिजनको सहयोगमाजुटेको डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ्गले आइडिया स्टुडियोलाई सुभकामना दिँदै उद्यमशिलता विकास र व्यवसायको विस्तार गर्ने क्रममा प्रकृति र पर्यावरण साथै पानीका स्रोतहरुलाई असर नपर्ने गरि गर्नु पर्ने बताए ।   

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आइडिया स्टुडियोसंगको सहकार्य एवम् सहयात्रा स्मरण गर्दै आगामी कार्ययोजनाका विषयमासमेत पारेका थिए ।   

कार्यक्रममा आइडिया स्टुडियोको पहिलो सिजनदेखि नै मिडिया पार्टनरको रुपमा रहेको मिटिङ्गपोइन्टका प्रबन्धनिर्देशक शुरेश सिंखडाले आइडिया स्टुडियो सुरुमा ठुला चुनौतिको समाना गर्दै र अवसरहरुलाई सदुपायेग गर्दै यो स्थान सम्मआइपुग्न सफलभएको बताए । 

पत्रकार सम्मेलनमा मेगा बैंककी प्रमुखकार्यकारी अधिकृत अनुपमा खुन्जेलीलगायत अन्य विभिन्न क्षेत्र र विधाका चर्चित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

सोच देखीउद्योग सम्मभन्ने मुलनारा लिएर सञ्चालितआइडिया स्टुडियोको चौथो सिजनथप परिष्कृत र प्रभावशालीढंगले संचालनहुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । आइडिया स्टुडियोको यस सिजनका लागि व्यक्तिको सोचलाई उद्योगसम्म पुर्याउनका लागि आफ्नो आइडिया पठाउने मिति यहि भदौ १६ गतेबाट भाद्र १४ गते सम्मका लागि तोकि सकिएको छ ।   

यो मितिभित्र पठाउने उद्योग व्यवसाय सम्बद्ध आइडियाहरुले आइडिया स्टुडियो सिजन ४ कालागि स्थान पाउने छन् । निर्धारित मितिभित्र पठाइएका आइडियाहरुले टेलिभिजन रियालिटिशोमा स्थानपाउनुका साथै तालिमको व्यवस्थार उत्कृष्ट ठहरिएका ४ आइडियाहरुले ५ लाख बराबरको सिड इन्भेष्टमेन्टसमेत प्राप्तगर्नेछन । आइडिया पठाउने फारमका लागि www.ideastudio.org.np  लगइनगर्नु पर्नेछ । 

आइडिया स्टुडियो नेपाल हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलतासंग जोडेर उद्यमीबन्न प्रेरित गर्दै समाजमा नै व्यवसायिक परिवर्तन गराउने उद्देश्यले सन् २०१४ देखि विभिन्न कामहरु गर्दै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *