आजको तपाईको राशिफल

भदौ १२, काठमाडौँ । २०७६ साल भदौ १२ गते बिहीबार, तदअनुसार अगस्ट २९ ,२०१९ lमेषसरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । 

वृषप्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

मिथुनआफन्त संग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । 

null

कर्कटवैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । 

सिंहबन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने भयछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । 

कन्याजोश जाँगर र हिम्मत बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । 

तुलाआत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेकोे र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । 

वृश्चिकधर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन पाइएला । अतिथिको रूपमा सत्कार पाइनेछ । 

धनुलाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधापनि रहला । 

मकरअरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । 

कुम्भनयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । 

मीनशुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *