तीनै तहको उपनिर्वाचन मंसिर १४ गते, यस्ता छन् मन्त्रीपरिषद्का १९ निर्णय

साउन १९, काठमाडौं । सरकारले तीनै तहको उपनिर्वाचन मंसिर १४ मा गर्ने निर्णय गरेको छ ।
गत साता बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसबारे जानकारी दिएका हुन् ।
null
तीन वटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव थियो । निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो।
प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।
त्यस्तै सरकारले सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने ८ जनाको नागरिकता खारेज गरिदिएको छ ।
अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द भएको हो ।








