नेपाली बोटबाट बन्छ जापानी नोट

 

साउन २९ ।  जापानको नोट ‘जापानी येन’ बनाउन प्रयोग हुने अर्गेली पूर्वी नेपालको पहाडी जिल्ला पांचथर वर्षौ देखि लगाईदै आईएको छ । जापानका व्यापारीले किसानको घर मै आएर राम्रो मुल्य दिन थालेपछि पाँचथरका किसानहरु बारी छेउ कुना र साँधमा मात्र लगाईने अर्गेलीलाई व्यवसायिकता दिन थालेका छन् । 

३ वर्ष अगी देखि जापानी नोट बनाउन नेपालबाट कच्चा पदार्थको रुपमा अर्गेलीको बोक्रा जापान तिर बिक्रि हुन थालेको हो । अर्गेलीबाट मनग्ये आम्दानी हुन थालेपछि अहिले पाँचथरका किसानहरु अन्य बालीहरु भन्दा पनि अर्गेली तिर आकर्षित हुन थालेका छन् । 

null

पाँचथरको फालेलुङ गाउँपालिका – ७ सिदिनका धेरै जसो किसानहरुले अहिले अर्गेली लगाउन व्यस्त रहेका छन् । उपयुक्त वातावरण भएको सिदिनमा किसानहरुले ३० रोपनी देखि १५० रोपनी सम्म पनि अर्गेलीको विस्तार गरिरहेका छन् । सिदिनको १० हजार रोपनी जग्गामा अर्गेलीको बगान नै बनाएर अर्गेली विस्तार गर्ने योजना रहेका स्थानीय सक्रिय किसानहरुले बताएका छन् । 

अर्गेली लगाएको ५ वर्ष पछि बोटबाट बोक्रा निकाल्न सकिने हुन्छ । किसानले ३ वर्ष अगी अर्गेलीको संरक्षण र बोक्रा बफ्याउने सम्बन्धि तालिम पनि लिएका थिए । एक जापानी संस्थाले अर्गेलीको बोक्रा बफ्याउने सम्बन्धि प्राविधिक ज्ञान हस्तान्तरण गरेको थियो । 

पहिला पहिला ६० रुपैयाँ मात्र बिक्रि हुने अर्गेलीको बोक्रा आधुनिक तरिकाले बफ्याएर ४०० रुपैयाँ सम्म पर्ने भएपछि किसान निकै हर्षित बनेका छन् । अर्गेलीमा त्यति धेरै रोगकिरा नलाग्ने अनि वस्तुभाउले पनि नखाने हुँदा यसको खेती सहज रहेको किसानको भनाई रहेको छ । गोडमेल र सिंचाई नै आवश्यक नपर्ने तर महंगो मुल्य पर्ने भएपछि किसानहरु अहिले अर्गेलीको खेती विस्तार तर्फ आकर्षित बनेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *