फ्राईडे रिलिजमा साम्राज्ञीकाे ‘मारुनी’लाई टक्कर दिन आयोे प्रभासको ‘साहो’

भाद्र १३,काठमाडौँ । फ्राईडे रिलिजमा आजबाट देशभर नेपाली चलचित्र नेपाली चलचित्र ‘मारुनी’ र हिन्दी चलचित्र   ‘साहो’ एकसाथ प्रदर्शनमा आएको छ । ‘मारुनी’लाई टक्कर दिन आएको   ‘साहो’  हलमा ‘मारुनी’ले भन्दा बढी शो पाएको छ । 

साउथ सुपरस्टारर प्रभासको पहिलो बलिउड चलचित्र   ‘साहो’ ले मल्टिप्लेक्सको हलमा  १०५ शो पाएको छ भने कलाकार साम्राज्ञी र पुष्पद्वारा अभिनित चलचित्र  ‘मारुनी’  ‘साहो’ को तुलनामा मल्टिप्लेक्समा निकै कम शो पाएको छ । ‘मारुनी’ ले मल्टिप्लेक्समा जम्मा १९ शो मात्र पाएको छ ।   

हिन्दी चलचित्र  ‘साहो’ले क्युएफएक्स– ६१, बिग मुभिज– १२, क्युज सिनेमा– १०, एफक्युब – १३, सिडिसी– ९ गरी मल्टिप्लेक्सको १०५ शो पाएको हो भने नेपाली चलचित्र ‘मारुनी’ले  क्युएफएक्स– १२, बिग मुभिज– ३, क्युज सिनेमा– १, एफक्युब – २, सिडिसी– १ गरी जम्मा  १९ शो मात्र पाएको हो ।   

Image result for ‘मारुनी’

‘मारुनी’   

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का को मुख्य भूमिका रहेको ‘मारुनी’ लाई  निदेर्शनक  नवल नेपालले निर्देशन गरेका हुन् ।   

‘मारुनी’मा नायिका साम्राज्ञी, नायक पुष्पसँगै  नायिका रेविका गुरुङको मुख्य भूमिका रहेको छ ।  पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई  संजय लामाले छायाँकन गरेका हुन् ।   

त्रिकोणात्मक प्रेमकथालाई आधारित यस चलचित्रमा नायक  पुष्पका लागि साम्राज्ञीको एकहोरो पागलपनलाई चलचित्रमा उतारिएको छ । 

‘साहो’ 

बहुप्रतिक्षित चलचित्र  घोषण भएदेखि व्यापक रुपमा चर्चा आउन सफल भएको यस चलचित्रमा  प्रभाष र श्रद्धा कपूरको मुख्य भुमिका रहेको छ । 

साउथ सुपरस्टारर प्रभासको पहिलो बलिउड चलचित्र रहेको ‘साहो’ करिब भारु ३ सय करोड लागतमा निर्माण भएको चलचित्र हो ।  स्पाइ थ्रिलर चलचित्र रहेको ‘साहो’मा  एक्सनको हाई डोज देख्न पाइने छ ।  साथै  चलचित्रमा कमेडी र रोमान्सका दृष्य पनि समावेश गरिएको छ। 

चलचित्रलाई कोरियोग्राफर केनी बेट्सले डिजाइन तथा छायांकन गरेका हुन् । 

बाहुबलीको लुकबाट साहोको लुकसम्म आउनका निकै मेहनत गरेका प्रभासले यस चलचित्रको लागि आफ्नो तौला १० किलो सम्म घटाएका छन् । 

चलचित्रमा श्रद्धा कपुरले क्राइम ब्रान्च अफिसर अमृता नैयरको भूमिका निर्वाह गरेकी छिन्  भने चलचित्रमा नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी तथा चंकी पाण्डे जस्ता बलिउडका लोकप्रिय कलाकारलाई पनि देख्न पाईनेछ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *