अष्ट्रेलियामा एक वर्षमा २२ जना पुरुषले बच्चा जन्माएपछी…

 

साउन २६ । महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा भएन । सामान्य कुराको समाचार बन्दैन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । जसका कारण समाचार बनेको छ । 

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए । अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ । 

null

तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो । त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो । 

तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् । उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *