चलचित्र निर्माता गोविन्द शाही पक्राउ

भाद्र ५, काठमाडौँ । चलचित्रको वितरणबाट आएको रकम लिएर फरार भएको आरोपमा  निर्माता तथा वितरक  गोबिन्द शाही पक्राउ परेका छन् । 

निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले प्रहरीमा उनी बिरुद्ध  उजुरी दर्ता गराएपछी शाही पक्राउ परेका हुन् ।   

निर्देशक चाम्स र निर्माता खड्काले उजुरी दर्ता गराएको आधारमा  महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई नियन्त्रणमा लिइएकाे  हो। 

Image may contain: 1 person, sitting

उनीमाथी चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर फरार भएको आरोप छ ।   

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापा शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट मुलुकी अपराध सहिता ‍– २०७४ अन्तर्गत आपराधिक विश्वासघात सम्बन्धी कसुरमा दुई दिन म्याद थप भएको छ ।   

जिल्ला अदालत, काठमाडौंले उनलाई अनुसन्धानको लागि दुई दिन हिरासतमा राख्न आदेश दिएको छ ।  हाल उनीमाथी अनुसन्धान थालि सकिएको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *