यी पत्रकारकारले गरेकाे एक यस्ताे कार्य जसकाे प्रशंसा विश्वले नै गर्याे

भाद्र ४, पाकिस्तान। कोही राम्रो कर्म गरेर चर्चामा आउँछन् भने कोही चर्चाकै लागि अनेक फण्डा अपनाउँछन् । केही दिन यता एक पाकिस्तानी पत्रकारको चौतर्फी प्रसंशा भइरहेको छ ।  

उनी आफ्नो कर्मका कारण चर्चामा आएका हुन् । केही दिन अघि पाकिस्तानमा आएको बाढीको रिपोर्टिङमा खटिएका ती पत्रकारले पानीमै डुबेर भए पनि आफ्नो कामलाई छाडेनन् । जुन विषय अहिले सामाजिक सञ्जालमा चर्चित बनेको हो । 

केहीले रिपोर्टरको प्रशंसा गरेका छन् भने केहीले ट्रोल समेत बनाएका छन् । भारत र पाकिस्तानमा यो भिडियोलाई रमाइलो भिडियोको रुपमा सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । 

 केहीले भने पत्रकारले आफ्नो जीवन नै खतरामा पारेर पत्रकारिता गरेको भनेका छन् । पाकिस्तानी पत्रकार अजदर हुसैनले जिओ टिभीका लागि रिपोर्टिङ गरेका हुन् । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने सिन्ध नदीको जलस्तरका विषयमा उनले रिपोर्टिङ गरेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *