टीभी सीरियलकी प्यारी बुहारी हिनाकाे फिल्ममा ईन्ट्री

भाद्र, ५, भारत । टीभी सीरियल क्वीन हिना खानले फिल्ममा डेब्यु गरेकी छिन् । उनले विक्रम भट्टको फिल्मको सुटिङ सुरु गरेकी छिन् । 

यो फिल्मको छायांकन जुनमै सुरु हुने कुरा थियो । फिल्मको लागि भनेर हिनाले ‘कसौटी जिन्दगीकी २’ बाट ब्रेक पनि लिएकी थिइन् । तर, विभिन्न कारणले फिल्मको छायांकन हुन सकेन । हालै हिनाले फिल्मको छायांकन सुरु भएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नयाँ शुरुवात, मलाई शुभकामना दिनुस् । सुरु गरौं विक्रम भट्ट ।’ उनले फिल्मको छायांकन सुरु गरेको जानकारी दिएपनि फिल्मको नाम उल्लेख गरेकी छैनन् । 

विक्रम भट्ट विशेष गरी हरर फिल्म बनाउने गर्छन् । उनले पछिल्लो समय फिल्म ‘१९२१’ बनाएका थिए । तर, फिल्मले बक्स अफिसमा राम्रो प्रर्दशन गर्न सकेन । उनले यो फिल्म बाहेक ‘राज रीबुट, लभ गेम्स, भाग जानी, मिस्टर एक्स’ जस्ता फिल्म निर्देशन गरेका छन् । एजेन्सी 

Image result for हिना खान टेलि सिरियल

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *