कट्रिनाकी बहिनी सलामानकाे ज्वाइँसँग फिल्म खेल्दै

 

साउन १९, भारत । अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनले सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका हुन् । 

करन ललित बुटानीले निर्देशन गर्ने भनिएको चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ । ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको जानकारी दिए । 

null

चलचित्रलाई सुनिल जैन, ओमप्रकाश भट्ट, आदित्य जोशी आलोक ठाकुर र सञ्जय शंकरवरले निर्माण गर्नेछन् । एक्सन ड्रामा फिल्म ‘क्वाथा’मा शर्माले प्रहरी अधिकारीको भूमिका निभाउने छन् । 

चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ । यसअघि इसाबेलले सुरज पञ्चोलीसँग स्टान्ली डिकोस्टाद्वारा निर्देशत टाइम टु डान्सबाट बलिउडमा डेब्यु गर्ने बताइएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *