करण जोहरको पार्टीमा सेलिब्रेटीले ड्रग्स लिएको भन्दै उजुरी दर्ता माग

 

साउन १८, भारत ।  बलिउड निर्माता करण जोहरले सेलिब्रेटीलाई आफ्नै घरमा पार्टी दिएका थिए । करणले उक्त पार्टीको केहि झलक सामाजिक सञ्जाल इन्स्टाग्राममा हालेका छन् । 

यो भिडियो हालेपछि उनले दिएको पार्टी विवादमा आएको छ । त्यस पार्टीमा सेलिब्रेटीले ड्रग्स सेवन गरेको भन्दै अकाली दलका विधायक मनन्दिर सिंह सिरसाले उजुरी दर्ताको माग गरेका छन् । 

null

उनले सेलिब्रेटीको डोप टेस्ट गर्न चुनौती दिएपछि मुम्बई पुलिसमा सेलिब्रेटी विरुद्ध एफआइआरको माग गरेका हुन् । साथै उनले सेलिब्रेटीसँग माफी माग्न समेत अस्विकार गरेका छन् । उनले टुविट गर्दै लेखेका छन्, ‘मैले मुम्बई पुलिसलाई त्यो भिडियोमा ड्रग्स पार्टी देखिएका बलिउड स्टार्स विरुद्ध ‘द नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट १९८५’ अनुसार एफआइआर दर्ता गरेको छु ।’ उनले यस टुविटमा मुम्बई पुलिस कमिश्नरलाई पठाएको लेटरको कपी पनि सेयर गरेका छन् । 

 

करणको यस पार्टीमा शाहिद कपूर, वरुण धवन, दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपूर, रणबीर कपूर, विक्की कौसल, जोया अख्तर, अयान मुखर्जी लगायतका कलाकार उपस्थित रहेका थिए । अहिले सम्म पार्टीमा सहभागी सेलिब्रेटीले कन्ट्रोभर्सीबारे केहि जवाफ दिएका छैन । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *