हप्ताभरिको राशिफलः तपाईंको शुभ अंक, शुभ दिन र शुभ रंगसहित

साउन ३२, काठमाडौँ । आज २०७६ साल साउन ३२गते शनिबार, तदअनुसार अगस्ट १७ तारिख सन् २०१९ । 

मेष 

यो सातामा धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ । 

वृष 

नजिकैको मित्रसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

मिथुन  

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

कर्कट 

मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । 

सिंह 

यो सातामा नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ । 

कन्या 

यो सातामा सोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । शुभ समाचार सुन्न पाइएला । नसामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । 

तुला 

भाग्यले विभिन्न अवसर जुराउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । भौतिक साधन जुटाउने समय छ । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

वृश्चिक 

साताको सुरुवातमा गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग हरियो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । 

धनु   

यो सातामा मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । आकस्मिक धन लाभपनि हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । साताको अन्त्यमा चोटपटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग पहेंलो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । 

मकर   

यो सातामा इच्छा र आकाङ्क्षा पूर्ण हुने समय छ । शुभकार्यको चर्चा चल्नेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

कुम्भ 

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । बजार घुम्न पाईनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । 

मीन   

सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साताको उत्तरार्ध बाट दैनिक कार्यमा प्रगती हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क २,३ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *