अचम्मकाे गाउँ जहाँ ढुंगाले हानेर गर्भमा छोरा वा छोरी भएको पत्ता लगाईन्छ

 

साउन ३० । गर्भमा रहेको भ्रुण लिंग पहिचान गरी सोही आधारमा बालिकाको गर्भपतन गर्ने कार्य कानूनी रुपमा अवैध छ । भ्रण लिंग पहिचानका लागि सोनोग्राफी लगायतका आधुनिक विधिहरु प्रयोग गरिन्छ । 

तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ भ्रुणको लिंग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काउँछन् । पहाडमा चन्द्रमाको आकारको एक आकृति बनेको छ, जसले भ्रुणको बच्चाको लिंगको बारेमा बताउँदछ । पहाडमा ढुंगाले हिर्काएर त्यो पत्ता लगाउन सकिन्छ । 

null

झारखण्डको लोहरदगा खुखरा गाउँमा यस्तो अनौठो चलन रहेको छ । ४०० सय वर्ष पहिले नागवंशी राजाहरुको शासनकालदेखि यो चलन चलेको हो । सो गाउँमा एउटा पहाड रहेको छ, जसले ४ सय वर्षदेखि गाउँलेहरुको भविष्यको सम्बन्धमा जानकारी दिइरहेको विश्वास गरिन्छ । मानिसहरुमा उक्त पहाडप्रति अटूट विश्वास रहेको छ । 

गर्भवती महिलाहरुले केही टाढाबाट पहाडको त्यो आकृतिमा ढुंगाले हान्छन् । यति फ्याँकेको ढुंगा चन्द्राकारको बीचमा गएर बज्रियो भने छोरा जन्मिन्छ र चन्द्राकार भन्दा बाहिर बज्रियो भने छोरी जन्मिन्छ भन्ने विश्वास छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *